site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिरहामा विभेद घटना : पीडित परिवारबाट प्रहरीमा जाहेरी
घर भत्काइएको स्थान ।

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका पीडित परिवार सदस्यले प्रहरीमा जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश पण्डितले पीडित परिवारका तर्फबाट जाहेरी प्राप्त भएको जानकारी दिए ।

उनले भने, “पीडितको तर्फबाट जाहेरी प्राप्त भएको छ । यसले कानुनी कारबाहीको प्रक्रिया अघि बढ्न थप सहज भएको छ ।”

दलित अगुवासहित पुगेर पीडित परिवारका दीपक मरिकले दिएको जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरीमा गाउँपालिकाका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाइएको छ ।

औरहीका स्थानीय समेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार, जाहेरीमा प्रतिवादीले जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापित गरेकाले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।

घटनामा संलग्न भएको आरोपमा गाउँपालिकाका अध्यक्ष र पूर्ववडाध्यक्षलाई शुक्रबार नै प्रहरीले पक्राउ गरिसकेको छ । बजरंगी बाबा भने फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक पण्डितले जानकारी दिए ।

यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० गते अछूत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर भत्काइएको थियो । गाउँपालिकाका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरंगी बाबाले डोजर लगाएर घर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो ।

घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ खटिएका थिए । उक्त घरले चर्चेको जमिनको माटो समेत ताछेर फालेपछि जातीय विभेद गरिएको भन्दै विरोध भइरहेको छ ।

घटनामा संवेदनशील नभएको भन्दै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई शुक्रबार मन्त्रालय तानिसकेको छ । राष्ट्रय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोगले समेत घटनालाई महत्त्व दिएर स्थलगत अनुगमन गरी अनुसन्धान अगाडि बढाएका छन् । रासस

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  २०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro