site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
प्रतीकात्मक तस्बिर ।

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

एकडारा गाउँपालिका–४ का श्रवण यादवका १० वर्षीय छोरा आलोककुमारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालले बताए ।

एकडारा–३ को वनस्थित एउटा खेतमा बनाइएको मैदानमा गाउँका साथीहरूसँग क्रिकेट खेल्न गएका आलोक त्यहीँनजिकको पोखरीमा डुबेका उनले जानकारी दिए । रासस

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro