site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नाइजेरियामा मस्जिदमा आक्रमण, कम्तीमा ४४ जनाको मृत्यु

नाइजरिया । नाइजेरियामा आतंकवादीले गरेको आक्रमणमा परी ४४ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले शुक्रबारदेखि तीनदिने शोकको घोषणा गरेको छ ।

नाइजेरियाको आन्तरिक मन्त्रालयले राष्ट्रिय टेलिभिजनमार्फत कोकोरोको ग्रामीण सहरको फोनबिटास्थित मस्जिदमा गरिएको ‘बर्बर’ आक्रमणमा उनीहरूको मृत्यु भएको र १३ जना घाइते भएका जनाएको छ । मन्त्रालयका अनुसार, मस्जिदमा प्रार्थनाका बेला दिउँसोको समयमा आक्रमण गरिएको थियो ।

आतंककारीले मस्जिदलाई घेरी स्थानीय बजार तथा घरमा समेत आगो लगाएका मन्त्रालयले जनाएको छ । सरकारले अपराधीको खोजी गरी कारबाही गर्ने प्रतिबद्धता जनाएकोे छ । 

मन्त्रालयका अनुसार, इस्लामिक स्टेट र अल–कायदासँग सम्बद्ध समूहहरू वर्षौंदेखि सक्रिय रहेको बुर्किना फासो र मालीको सिमानानजिकको क्षेत्रमा आक्रमण गरिएको हो । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro