site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापाबाट १६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा 

काठमाडौं । झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट चैत्र ८ गते सशस्त्र प्रहरीले करिब १६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएकामा धनकुटा जिल्लाको सहिदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलाम जिल्लाको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षीय गंगाबहादुर बस्नेत छन् ।

इलामबाट झापातर्फ आउँदै  गरेको को१ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा नं १ बराह बाहिनी मुख्यालय र नं. २ गण झापा मातहत  सुरक्षा वेस टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेकजाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो । 

साथै उनीहरुको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेटसमेत बरामद भएको छ ।
 
नियन्त्रणमा लिइएकाहरूलाई बरामद गाँजा तथा ट्रकसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।  

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  ०८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro