site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा सैन्य कारबाहीमा १० आतंककारी मारिए

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा छुट्टाछुट्टै कारबाहीमा दश आतंककारी मारिएको सेनाले शुक्रबार जानकारी दिएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा, इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर)ले सुरक्षा बलहरूले उत्तरी वजिरिस्तान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेशन सुरु गरेको एक विज्ञप्तिमार्फत जनाएको छ ।

तीव्र गोलीबारीका क्रममा, अगाडिबाट आफ्नो सेनाको नेतृत्व गरिरहेका पाकिस्तानी सेनाका एक अधिकारी क्याप्टेन हसनैन अख्तर वीरतापूर्वक सहिद भएका विज्ञप्तिमा थपिएको छ ।

आईएसपीआरले उत्तरी वजिरिस्तानमा चार छुट्टाछुट्टै भिडन्तमा ६ आतंककारी मारिएको बताएको छ ।

आईएसपीआरका अनुसार, आतंककारीहरूबाट ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद गरिएको थियो, जो सुरक्षा बलहरूविरुद्ध आतंककारी गतिविधि र सर्वसाधारणको हत्यामा सक्रिय रूपमा संलग्न थिए ।

यस क्षेत्रमा अन्य आतंककारीहरूको उपस्थितिलाई हटाउन सेनाले अभियान सञ्चालन गरेको छ ।

सेनाले पाकिस्तानबाट आतंकवादको खतरालाई मेटाउन कटिबद्ध रहेको बताएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro