site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरी घाइते बनाउने युवक पक्राउ

विराटनगर । आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाउने युवक पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका–२ दुर्गा चोकका सक्षम सापकोटालाई प्रहरीले नेपाल–भारत सीमानजिकबाट पक्राउ गरेको हो ।
 
सापकोटाले आफ्नै घरमा काम गर्दै आएका विराटनगर–१ का ५७ वर्षीय रमेश गुप्तालाई बिहीबार राति घाँटीमा खुकुरी हानेर भारतको जोगबनीतर्फ भाग्न लागेका थिए । जोगबनी जानै लाग्दा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घाइते गुप्ताको चिन्ताजनक अवस्थामा नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । सापकोटा लागुऔषध प्रयोगकर्ता भएको खुल्न आएको छ । 

के विवाद वा झगडाका कारण खुकुरी प्रहार गरिएको हो भन्ने अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

भान्सा कोठामा लुकेर बसेका सापकोटा प्रहरी पुग्नसाथ भागेका थिए ।‌

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro