site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
समाचारको विषयलाई लिएर पत्रकारमाथि आक्रमण, महासंघको विरोध

काठमाडौं । नेपाल पत्रकार महासंघले कैलालीका पत्रकार प्रकाश मिश्रमाथिको आक्रमणको भर्त्सना गरेको छ । समाचारको विषयलाई लिएर पत्रकारमाथि आक्रमण भएको भन्दै महासंघले विरोध जनाएको हो । 

महासंघ कैलाली शाखाका अनुसार धनगढीको अनुमोदन दैनिकमा चैत्र ४ गते सोमबार ‘कैलालीको सिमली जंगलमा विदेशी नागरिकको रहस्यमय जमघट’ शीर्षकमा पत्रकार मिश्रको बाइलाइन समाचार प्रकाशित भएको थियो ।

सोही समाचारको विषयमा घोडाघोडीस्थित ओजुवा क्याफेका सञ्चालक डबलबहादर शाह र पहलमानपुरमा रहेको सिर्जना होटेलका सञ्चालक चेतबहादुर सिंहले पत्रकार मिश्रमाथि आक्रमण गरेको शाखाले जनाएको छ । 

समाचारमा चित्त नबुझे त्यसउपर कानुनी उपचार खोज्न सकिने वा प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने प्रचलित अभ्यासविपरीत पत्रकारमाथि यस प्रकारले आक्रमणमा उत्रिनु अन्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघको ठहर छ । 
 
महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “महासंघ पत्रकारमाथि हुने यस्ता आक्रमणको कडा भर्त्सना गर्दछ । र, घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ पत्रकारलाई स्वतन्त्र र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माणका लागि सम्बन्धित निकायसँग माग गर्दछ ।”

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro