site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाको टेक्सासमा डढेलोका कारण ५०० हेक्टर वन क्षेत्र नष्ट

अस्टन । टेक्सासको सान ज्याकिन्टो काउन्टीमा लागेको डढेलोले बुधबार साँझसम्म कम्तीमा ५०० हेक्टर वन क्षेत्र जलेको अधिकारीहरूले जानकारी दिएका छन् ।

एबीसी न्यूजका अनुसार, स्थानीय समयअनुसार बेलुका ८ः१६ बजे डढेलो १० प्रतिशत नियन्त्रणमा आएको थियो । धेरै संरचनाहरू प्रभावित भएका छन् । कम्तीमा १५ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

टेक्सास ए एन्ड एम फरेस्ट सर्भिस, टेक्सासको वन हितहरू प्रबन्ध गर्ने एजेन्सीले अग्नि नियन्त्रकहरूले कन्टेन्ट लाइन स्थापना गरिरहेका जनाएको छ । हेलिकोप्टरहरूले साम ह्युस्टन राष्ट्रिय वनमा पानी खसालेका थिए । साम ह्युस्टन राष्ट्रिय वन ह्युस्टन, टेक्सासको सबैभन्दा ठूलो सहरबाट करिब एक घण्टाको दुरीमा छ ।

यसअघि बुधबार, राष्ट्रिय मौसम सेवाले ह्युस्टनको पश्चिमका काउन्टीहरूका लागि चेतावनीमा जारी गर्‍यो, जसले जगलको डढेलोको उच्च जोखिमलाई संकेत गर्छ । रासस/सिन्ह्वा

 

 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro