site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
'खेताला शिक्षक'माथि भ्रष्टाचार आरोप, कुलेश्वरका प्रधानाध्यापकसहित चारजनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको कुलेश्वरस्थित कुलेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक सानुकान्छा नेपालसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले गैरकानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दयार गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा विद्यालयका सहायक प्रधानाध्यापक शिवहरि घिमिरे, विद्यालय सहायक (लेखापाल) स्मृती रेग्मी र सट्टा शिक्षकको रूपमा अध्यापन गरेकी श्रुती भण्डारी भनिने अम्बिका घिमिरे छन् ।

विद्यालयमा प्राथमिक तहमा कार्यरत राहत शिक्षक विद्यालयमा अनुपस्थित रहेको समयमा निजको स्थानमा सहायक प्रधानाध्यापकको नाता पर्ने व्यक्तिलाई खेताला शिक्षकको रूपमा राखेको र अनुपस्थित शिक्षकको नाममा तलब बुझेकी भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा उनीहरूले एक लाख ५७ हजार ९१५ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानाध्यापक नेपालले सट्टा शिक्षकको रूपमा रहेकी श्रुती भण्डारी भनिने अम्विका घिमिरेलाई २०८० फागुन १ गतेदेखि २०८१ असार महिनासम्म अध्यापन गरे/गराएको भनी १ लाख ५७ हजार ९१५ रुपैयाँ तलब भक्ता नियमविपरीत अनुपस्थित शिक्षककै नामबाट चेक जारी गरी भुक्तानी गरेको पाइएको अख्तियारले जनाएको छ । यसमा चार जनाकै मिलेमतो देखिएको अख्तियारको ठहर छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro