site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अन्तिम कारोबारको दिन पनि घट्यो सेयर बजार, परिसूचक २६६९ विन्दुमा

काठमाडौं । साताको अन्तिम कारोबारको दिन पनि सेयर बजार घटेको छ । साताको सुरुवातदेखि नै आरोलो लागेको बजार बिहीबार पनि कायम रह्यो । बजार १२.३८ अंक घटेर बजार मापक २६६९.७६ विन्दुमा कायम छ ।

६२ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

सूचक घटे पनि दोल्ती पावर, एसियन हाइड्रो, सिन्धु विकास बैंक, गार्डियन माइक्रो फाइनान्स, श्वेत–गंगा हाइड्रो उच्च कमाउने शीर्ष स्थानमा रहे ।

यस्तै, मिथिला लघुवित्त, भूगोल इनर्जी, गरिमा समृद्धि योजना, उपकार लघुवित्त, कुथेली–बुखरी स्मल हाइड्रोलगायत कम्पनी उच्च गुमाउने शीर्ष स्थानमा रहे ।

९५ लाख ९९ हजार ३४३ कित्ता सेयर चार अर्ब ५६ करोड, १३ लाख ११ हजार २८२ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । समूहगत उपसूचकतर्फ जीवन बिमा बाहेकका सूचक घटेका छन् । जीवन बिमा ०.०३ प्रतिशतले बढेको छ । 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro