site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर कारोबारको चलखेल रोक्न आजदेखि नयाँ व्यवस्था

काठमाडौं । धितोपत्र दोस्रो बजारमा नयाँ व्यवस्था लागु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) गरेसँगै आजदेखि नयाँ व्यवस्था लागु भएको हो ।

बुधबार कुनै कम्पनीको सेयर कारोबारको अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम मूल्य तोकिने भएको छ ।

हालसम्म अन्तिममा भएको कारोबारलाई नै अन्तिम मूल्य कायम गर्ने व्यवस्था थियो । जसले गर्दा सेयर कारोबारीहरूले आफ्नो सेयरको मूल्य बढाउन १० कित्ता सेयरले मूल्य प्रभावित पार्दै आएका थिए ।

अब भने २ः४५ देखि ३ बजेसम्म हुने कारोबार अवधिको औसत मूल्यलाई आधार मानिने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीका अनुसार २ः४५ देखि ३ बजेको बीचमा भएको कारोबार कित्ता र सेयर मूल्यको औसत निकालेर अन्तिम मूल्य निर्धारण गरिनेछ । 

“हालसम्म अन्तिम कारोबार जुन भयो त्यसैलाई अन्तिम मूल्य मानिन्थ्यो,” पराजुलीले बाह्रखरीसित भने, “बिहीबारदेखि पौने ३ देखि ३ बजेसम्म जति पनि कारोबार हुन्छ, त्यो कारोबार भएको मूल्य र कति कित्ता कारोबार भयो, त्यसको औसत निकालेर अन्तिम मूल्य मानिन्छ ।”

यसले अन्तिममा मूल्य बढाउने खेललाई बन्द गर्ने पराजुली बताउँछन् । तर, २ः४५ देखि ३ बजेसम्म कारोबार नहुँने कम्पनीको सेयर मूल्य भने त्यसअघिको अन्तिम मूल्यलाई नै मान्यता दिने पराजुलीले बताए ।

नेपाल धितोपत्र बोर्डले फागुन १५ गते नेप्सेमा यो विनियमावली स्वीकृत गरेर पठाएको थियो । नेप्सेले परीक्षण गर्दा चैत ७ गतेबाट यो नियम लागु गर्न सकिएको पराजुली बताउँछन् ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ०६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro