site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चारवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही क्षेत्रमा हिमपात पनि हुनेछ । 

विभागले बिहान पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

विभागका अनुसार दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

वर्षा र हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपाय अपनाउन विभागको आग्रह छ । 

हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ०६:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro