site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नाइजेरियामा संकटकाल घोषणा

अबुजा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनीतिक संकटपछि रिभर्स राज्यमा संकटकाल घोषणा गरेका छन् ।

मंगलबार राति एक राष्ट्रिय प्रसारणमा टिनुबुले तत्काल प्रभावबाट लागु भएको देशको सन् १९९९ को संविधानको धारा ३०५ को परिमार्जित प्रावधान लागु गरी संकटकाल घोषणा गर्न आवश्यक भएको बताए ।

“यस घोषणाद्वारा रिभर्स राज्यका गभर्नर सिमिनालयी फुबारा र रिभर्स सभाको सबै निर्वाचित सदस्यहरूलाई ६ महिनाको प्रारम्भिक अवधिको लागि निलम्बन गरिएको छ,” राष्ट्रपतिले बताए ।

राजनीतिक गतिरोधको पक्ष लिँदै संदिग्ध सशस्त्र आतंककारीहरूले राज्यका केही तेल प्रतिष्ठानहरूमा आक्रमण गर्ने धम्की दिएका थिए । सोमबार राति र मंगलबारको बीचमा राज्यका कम्तिमा दुई तेल प्रतिष्ठानहरूमा अज्ञात व्यक्तिहरूले आक्रमण गरेको आरोप छ ।

देशका सुरक्षा निकायका प्रमुखहरूसँग भेट गरेपछि टिनुबुले तेल प्रतिष्ठानहरूमा भएका आक्रमणहरूका कारण आपतकालीन अवस्था घोषणा गर्न आंशिक रूपमा बाध्य भएको बताए ।

राष्ट्रपतिले राज्य सरकारको जिम्मेवारी लिनको लागि प्रशासकको रूपमा सेवानिवृत्त सैन्य अधिकारी इबोकेट इबासलाई मनोनीत गरे ।

“यो अपरिहार्य हस्तक्षेपले रिभर्स राज्यमा शान्तिव्यवस्था पुनर्स्थापित गर्न मद्दत गर्नेछ भन्ने मेरो दृढ आशा छ ।” रासस/सिन्ह्वा

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  २३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro