site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विश्वभर रोजाइमा ठूला गाडी, बिक्री भएकामध्ये ५४ प्रतिशत एसयूभी

काठमाडौं । विश्वभर सबैभन्दा धेरै बिक्री हुने प्यासेन्जर भेहिकलमा स्पोर्ट्स युटिलिटी भेहिकल (एसयूभी)को दबदबा छ । जलवायु संकट र जीवनयापनको लागत बढ्दै जाँदा साना र विद्युतीय गाडीको बजार बढ्ने संयुक्त राष्ट्रसंघको आकलन थियो । तर, यसविपरीत विश्वभर एसयूभी नै रोजाइमा परिरहेको छ ।

सन् २०२४ मा बिक्री भएकामध्ये ५४ प्रतिशत कार पेट्रोल, डिजेल, हाइब्रिड र इलेक्ट्रिक एसयूभी रहेको ग्लोबल डेटाको तथ्यांकले देखाएको छ ।

यो आँकडा सन् २०२३ को तुलनामा तीन प्रतिशत र सन् २०२२ को तुलनामा पाँच प्रतिशतले बढी हो । हाल सडकमा रहेका नयाँ र पुराना दुवै एसयूभी मोडेलमध्ये ९५ प्रतिशत जीवाश्म इन्धनबाट चलिरहेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)को तथ्यांक छ ।

बढी तौल, ठूला साइज, फराकिलो इन्टेरियर, उच्च ग्राउन्ड क्लियरेन्स र सडकमा आकर्षक देखिने एवं सहज ड्राइभिङ पोजिसन हुने हुँदा एसयूभी बढी रुचाइन्छ । एसयूभी बनाउँदाको लागतदेखि बढी कार्बन उत्सर्जन गर्ने हुँदा वातावरण अभियन्ताहरूले यसको विरोध गर्छन् ।

पेट्रोल र डिजेलबाट चल्ने मध्यम आकारका कारको तुलनामा एसयूभीले २० प्रतिशत बढी इन्धन बाल्ने आईईएको तथ्यांक छ । चीन अमेरिका र भारतमा सन् २०२२ यता एययूभीको बिक्री निरन्तर बढ्दो छ ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १४:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro