site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बीवाईडीको अल्ट्रा फास्ट चार्जिङ सार्वजनिक, पाँच मिनेटमै गाडी फुल चार्ज

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले नयाँ अल्ट्रा फास्ट चार्जिङ प्रणाली सार्वजनिक गरेको छ । 

बीवाईडीको यो नयाँ चार्जिङ प्रणालीले पाँचदेखि आठ मिनेटमै गाडी फुल चार्ज हुने कम्पनीको भनाइ छ ।

चीनको सबैभन्दा ठूलो एवं विश्वकै दोस्रो ठूलो विद्युतीय सवारी (ईभी) निर्माता बीवाईडीले चीनभर यस्ता चार हजार चार्जिङ स्टेसन विस्तार गर्ने बताएको छ ।

बीवाईडीको नयाँ मोडलका लागि एक हजार किलोवाट क्षमताको पिक चार्जिङ सर्पोट गर्नेछन् । यसले पेट्रोलियम इन्धनका गाडीमा इन्धन भर्न लाग्ने समयमा ईभी गाडी फुल चार्ज भइसक्ने दाबी बीवाईडीले गरेको हो ।

बीवाईडीको मुख्यालय सेन्झेनबाट प्रत्यक्षप्रसारण गरिएको कार्यक्रममा कम्पनीका संस्थापक वाङ चुआनफूले पाँच मिनेटको चार्जमा गाडीले ४०० किलोमिटर गुड्ने बताएका हुन् ।

वाङले विश्वकै ठूलो ईभी निर्माता अमेरिकी कम्पनी टेस्लाका मालिक एलन मस्कलाई चीनमा टक्कर दिएको मानिन्छ ।

वाङको कम्पनी बीवाईडीले सन् २००३ मा विद्युतीय एवं पेट्रोलियम इन्धनसहितको हाइब्रिड कार उत्पादन थालेको थियो । त्यसअघि सन् १९९५ देखि नै यसले ब्याट्री उत्पादन गर्दै आएको थियो ।

यो चार्जिङ सिस्टम ५०० किलोवाट क्षमताको टेस्लाको सुपरचार्जरभन्दा दोब्बर क्षमताको हो ।

विश्वभर ईभीको प्रयोग बढाउन फास्ट चार्जिङ प्रविधिलाई महत्वपूर्ण मानिएको छ ।

यो नयाँ चार्जिङ प्रणाली सुरुमा बीवाईडीका दुई नयाँ मोडल हान एल सेडान र ट्याङ एल एसयूभीमा उपलब्ध हुनेछ । यी गाडीको मूल्य ३७ हजार अमेरिकी डलरभन्दा बढी छ ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro