site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं फेरि प्रदूषित, वायु अस्वस्थकर

काठमाडौं । हल्का वर्षापछि करिब एक साता केही सफा भएको काठमाडौं उपत्यकाको वायु फेरि प्रदूषित बनेको छ । प्रदूषणको तह बढेसँगै उपत्यकाका विभिन्न स्थान अस्वस्थकर बनेका छन् ।

वातावरण विभागका आनुसार, बुधबार बिहान ११ः३० बजे उपत्यकाको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १५० भन्दा माथि छ ।

सबैभन्दा धेरै ललितपुरको खुमलटारमा १५५ मापन भएको छ । यस्तै, ललितपुरकै भैँसेपाटी तथा काठमाडौंका शंखपार्क, रत्नपार्क र कैलालीको धनगढीको एक्यूआई ११० देखि १५० सम्म पुगेको छ ।  

यीबाहेक अरू सहरमा एक्यूआई १५० भन्दा कम छ । पछिल्लो २४ घण्टामा ती स्थानको एक्यूआई ११० देखि १४० सम्म मापन भएको विभागको रेकर्ड छ ।  

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति अस्वस्थकर हुन्छ । त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ ।

यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ तथा बन्दै जाने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्ड छ ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro