site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा यस्ता छन् सुझाव 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यदलले गएको पुस ९ मा बुझाएको प्रतिवेदनमा बुझाएको प्रतिवेदन दुई महिनापछि आज (आइतबार) सार्वजनिक गरेको हो । 

प्रतिवेदनमा सार्वजनिक सेवा प्राप्तिका लागि अनिवार्य स्वास्थ्य बिमा, नागरिक सहभागिता, हाल स्वास्थ्यमा छरिएका तीनै तहका कार्यक्रममा भएको दोहोरोपनाको अन्त्यलगायत सुझाव समेटेर १५ बुँदामा सुझाव दिइएको छ ।
 
हालका सामाजिक सुरक्षाका सबै कार्यक्रम बिमा कार्यक्रममा समेट्न र बिमाको स्रोत सुनिश्चितता बढाउन नीतिगत सुधार थाल्न तत्काल गृहकार्य अघि बढाउनुपर्ने कार्यदलको प्रतिवेदनको सुझाव छ । 

बिमा सेवाबापतको शोधभर्ना रकम ४५ दिनभित्र भुक्तानी गर्ने र सेवाप्रदायकको नियमन र अनुगमनलाई व्यवस्थित गर्नुपर्ने पनि उल्लेख छ । 

सबै नागरिकलाई बिमाको पहुँचमा ल्याउन बिमाका निम्ति स्रोत सुनिश्चित गर्नुपर्ने, सहभुक्तानी कार्यान्वयन गर्नुपर्ने, कानुन संशाेधनसहित स्वास्थ्य उपचारमा आउने अनुदानका कार्यक्रमलाई स्वास्थ्य बिमा ऐन मातहत ल्याउनुपर्ने र बिमा बोर्डलाई पूर्ण रूपमा स्वयत्त बनाउन पुनर्संरचना गर्नुपर्ने उल्लेख छ ।
 
यस्तो छ प्रतिवेदन 

 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro