site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा आँधी : मृत्यु हुनेको संख्या ३१ पुग्यो

काठमाडौं । दक्षिण अमेरिकामा भयानक आँधी आएको छ । यसमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ । तीमध्ये १२ जनाको मिसौरीमा मृत्यु भएको हो । कन्सासमा आठजनाको मृत्यु भएको छ ।

यो आँधीले दक्षिण–पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ। धेरै सवारीसाधन पल्टिएका छन् भने धेरै घरमा क्षति पुगेको छ ।

टेक्सासमा धुलोको आँधीका कारण कार दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । यसबाहेक ओक्लाहोमा र अर्कान्सासमा पनि जनधनको क्षति भएको खबर छ ।

ट्र्याकर पावरआउटेजका अनुसार शनिबार दिउँसो ६ राज्यका २ लाख ४० हजारभन्दा बढी घरमा बिजुली छैन।

यी राज्यहरूमा टेक्सास, मिसौरी र इलिनोइस समावेश छन्।

मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीका लागि गम्भीर मौसम चेतावनी जारी गरिएको छ।

यी तीन राज्यहरू बाहेक, अलाबामा र अर्कान्सासका केही भागहरूमा पनि बाढीको चेतावनी जारी गरिएको छ किनभने दक्षिणपूर्वमा मौसम खराब छ।

राष्ट्रिय मौसम सेवाले यो अचानक आएको बाढीले ज्यान गुमाउन सक्ने जनाएको छ ।

यसअघि शनिबार बिहान सेन्ट्रल मिसिसिपीमा आँधीका कारण उच्च सतर्कता जारी गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro