site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
थाइल्याण्डमा एनआरएनए सम्मेलन, विदेशमा बस्ने हरेक नेपाली वास्तविक राजदूत : मन्त्री पाण्डे

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज सम्मेलन थाइल्यान्डमा शनिबारबाट (१५ मार्च २०२५) सुरु भएको  छ । ‘इम्पावरिङ द युथ, सार्पिङ द पिएनओज फ्युचर’ भन्ने मूल नाराका साथ सुरु सम्मेलन दुई दिनसम्म चल्नेछ । 

नेपालबाट युवाहरूको विदेश पलायन भइरहेको र देशमा सक्रिय जनसंख्या घट्दै गएको अवस्थामा, सम्मेलनमार्फत नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने मुख्य उद्देश्य सम्मेलनको रहेको बताइएको छ ।

कार्यक्रमको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गरेका हुन् । सो अवसरमा सम्बोधन गर्दै मन्त्री बद्री पाण्डेले विदेशमा बस्ने हरेक नेपालको वास्तविक राजदूतको भूमिका निर्वाह गरिरहेको बताए । 

नेपालले एकता र सहमतिको वातावरण निर्माण गर्न अपरिहार्य रहेको उनको भनाइ थियो। उनले भने, “लोकतन्त्रलाई अगाडि बढाउने गतिमा देश बाहिर भित्र जे भएपनि त्यो प्रतिस्पर्धाभित्र एकता, सहमति, परिवर्तन र सुधार र अग्रगमनको यात्राको गतिमा कमी आउन दिनुहुन्न । यही भावना तपाईं एनआरएनभित्र पनि हुनु जरुरी छ । अहिले जे जस्तो अवस्था छ त्यसबाट छुटकारा पाउन पनि प्रतिस्पर्धालाई होइन एकता र सहमतिलाई प्राथमितामा राख्नु जरुरी छ ।”

थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले एनआरएनए अभियानले विश्वभरका नेपालीलाई एकबद्ध रहेकोले सामान्य विवादमा अल्झेर संस्थालाई संकटमा पार्नु नहुने  बताए । 

संघका अध्यक्ष डा. बद्री केसीले एनआरएनए अभियानलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरे । गैरआवासीय नेपाली संघ एउटा संस्था मात्रै नभई विदेशमा रहेका ८० लाख नेपालीको साझा चौतारी एवं विश्वभरका नेपालीलाई एकबद्ध गर्ने पवित्र अभियान भएको भन्दै अध्यक्ष डा. केसीले यस संघलाई राजनीतिकरण नगरिदिन आग्रह गरेका हुन् । 

सन् २००१ मा जब एनआरएनएको परिकल्पना हुँदा विदेशमा रहेका कैयौँ नेपाली राजसंस्थाको विरोधमा रहेको तर नेपालको प्रमुख ओहोदामा भएका कारण त्यसबेला तत्कालीन राजालाई प्रमुख अतिथि बनाएर कार्यक्रम सञ्चालन गरेको उनले स्मरण गरे । उनले भने,‘‘भन्नुको अर्थ हामीलाई सरकारमा को छ, कुन पार्टी छ भन्ने कुराले प्रभाव पार्दैन, किनकि यो राजनीतिक संस्था होइन, विशुद्ध सामाजिक संस्था हो ।’’

सरकारले गैरआवासीय नेपाली नागरिकता दिएपनि पूर्ण कार्यान्वयन नहुँदा नेपालमा लगानी लैजान आफूहरुलाई कठिन भइरहेको भन्दै डा. केसीले सरकारको ध्यानाकर्षण गराएका थिए । 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ०६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro