site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्लाहीमा एकजना मृत र अर्का घाइते अवस्थामा फेला
प्रतीकात्मक तस्बिर ।

सर्लाही । सर्लाहीको बसवरियामा एकजना मृत र एक घाइते अवस्थामा भेटिएका छन् । नयाँरोड–मधुवनी सडकखण्डअन्तर्गत बसवरिया गाउँपालिका–३, धन्कौल जाने नहरको बाटोमा शनिबार (चैत २) एक युवक मृत र एकजना घाइते अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले बसवरिया गाउँपालिका–२ मा बस्दै आएका २५ वर्षीय राजीव पासवान मृत फेला परेका जानकारी दिए ।

यस्तै, मुख र टाउकोमा चोट लागेर घाइते भएको अवस्थामा सोही स्थानका २० वर्षीय धनञ्जय यादवको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बरहथवास्थित स्वास्थ्य संस्थामा उनको सामान्य उपचार गरिएको थियो । थप उपचारका निम्ति उनलाई वीरगन्ज पठाइएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

घटनास्थलबाट प्रहरीले मोटरसाइकलको सिट, भाइजर, हेडलाइट फेला पारेको भए पनि दुर्घटनाको कारण वा साधनको पहिचान हुन सकेको छैन । घटना शंकास्पद देखिएकाले प्रहरीको प्राविधिक टोलीले अनुसन्धान सुरु गरेको प्रवक्ता राईले बताए । रासस 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  २२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro