site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धनगढी र नेपालगन्ज ‘सबैभन्दा’ गर्मी, काठमाडौंको तापक्रम २८ डिग्रीमाथि
फाइल तस्बिर ।

काठमाडौं । देशभर तापक्रम बढ्दो क्रममा छ । गएको फागुन १७ गते (मार्च १)देखि प्रिमनसुन अवधि सुरु भएयता न्यूनतम र अधिकतम तापक्रम दिनहुँजसो बढिरहेको छ ।

शनिबार (चैत २) काठमाडौंको अधिकतम तापक्रम २८.१ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार (चैत १) काठमाडौंको अधिकतम तापक्रम २६.७ डिग्री थियो ।

काठमाडौंको हालसम्मकै उच्च तापक्रम ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।

गत वर्ष काठमाडौंमा २५ वर्षयताकै गर्मी भएको थियो ।

महाशाखाले शनिबार सार्वजनिक गरेको देशका २१ स्थानको विवरणमध्ये धनगढी र नेपालगन्जमा सबैभन्दा बढी गर्मी छ । शनिबार धनगढी र नेपालगन्जको अधिकतम तापक्रम समान ३५.५ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार धनगढी र नेपालगन्जको अधिकतम तापक्रम समान ३४.८ डिग्री सेल्सियस थियो ।

शनिबार जनकपुरको अधिकतम तापक्रम ३५.२, भैरहवाको ३४.५, सिमराको ३३.४, घोराहीको ३३.३, विराटनगरको ३१.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, नेपालमा हालसम्मकै उच्च तापक्रम सन् १९९५ मा मापन गरिएको थियो । १९९५ जुन ५ मा धनगढीको अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् १९९५ मा नेपालगन्ज र भैरहवामा ४५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत विवरण सार्वजनिक गर्दै आएको छ ।

यो पनि पढ्नोस्–

चैत २ गतेको तापक्रमको विवरण हेर्नोस्–

m15-1742047479.jpg
 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro