site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी विशेष दूतले पुटिनसँग गरे भेट, ट्रम्पसँग पनि भेटवार्ता हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् । रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले उक्त भेटवार्ताको पुष्टि गरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भेटवार्ताका बारेमा जानकारी दिएका हुन् । शुक्रबार बिहान मिडियासँग कुरा गर्दै पेस्कोभले भने, “बैठकमा रूसलाई थप जानकारी दिइएको थियो र राष्ट्रपति पुटिनले आफूसँग भएको जानकारी ट्रम्पलाई पठाउनु भएको छ ।”

पेस्कोभले पुटिन र ट्रम्प चाँडै भेट्ने बताए । यद्यपि, उनले यो बैठक कहिले हुन्छ भन्ने खुलाएका छैनन् ।

पेस्कोभका अनुसार स्टिभ अमेरिका फर्केपछि उनले ट्रम्पलाई भेट्नेछन् र पुटिनसँगको भेटको अपडेट दिनेछन् । त्यसपछि ट्रम्प र पुटिनबीचको बैठकको मिति तय गरिनेछ ।

उनले दुवै नेताले यस विषयमा सँगै बसेर छलफल गर्नुपर्नेमा सहमत भएको समेत जानकारी दिए । बीबीसी

 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro