site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
टेस्लाले बजार जोगाउन २० प्रतिशत सस्तोमा मोडल 'वाई' उत्पादन गर्दै

काठमाडौं । टेस्लाले चीनमा बढ्दो प्रतिस्पर्धाको बजारमा आफूलाई बलियो बनाउन सबैभन्दा बढी बिक्री हुने मोडल 'वाई'को लागत घटाउने भएको छ ।

टेस्लाले सांघाईमा उत्पादन गर्ने टेस्लाका गाडीमा मोडल वाईलाई सस्तो संस्करणमा निकाल्ने भएको हो । चिनियाँ ईभी ब्रान्डको विकासले गुमाएको आफ्नो साख जोगाउन टेस्लाले यस्तो कदम चाल्ने भएको हो ।

टेस्लाले ईफोरवान (ई४१) कोडनामको परियोजनाअन्तर्गत पूरानै उत्पादनलाइनबाट नयाँ मोडेल बनाउने बताइएको छ ।

यो नयाँ मोडेल व्यावसायिक रूपमा सन् २०२६ देखि बजारमा आउने रोयटर्सले उल्लेख गरेको छ ।

यो गाडी गत वर्ष सार्वजनिक टेस्लाको रिफ्रेस्ड मोडेल वाईभन्दा सानो र २० प्रतिशत न्यून लागतको हुने बताइएको छ । हालको मोडेल वाई मिड साइज एसयूभी क्रसओभरको मूल्य ३६ हजार ३५१ अमेरिकी डलर छ ।

यो मोडल युरोप र उत्तर अमेरिकामा पनि उत्पादन हुने बताइएको छ । टेस्लाको मोडल वाई सन् २०२३ र २०२४ मा चीनको बेस्ट सेलिङ कार हो । पछिल्लोसमय यसले चिनियाँ ब्रान्डको चुनौतीको सामना गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro