site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

शुक्रबार (चैत १) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोगका उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा उनले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेको बताए । अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सिर्जना, कृषि क्षेत्रका ठूला उत्पादन र लगानी वृद्धि गर्न उनले आग्रह गरे ।

“हामीले जनतालाई सबल बनाउने बाटो लिनुपर्छ । सहयोग गरेर मात्रै हुँदैन, उत्पादन र आत्मनिर्भरता बढाउने बाटोमा जानुपर्छ,” उनले भने, “जनतालाई कर्मशील बनाउन प्रेरित गर्नुपर्छ । गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ ।”

आयोगका अध्यक्ष समेत प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन–मूल्यांकन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवं सुशासनमा सकारात्मक प्रभाव पर्ने कार्यमा लाग्न पनि आग्रह गरे ।

आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले १६औँ योजनाको कार्यान्वयन, यसका चुनौती, राष्ट्रिय आयोजना बैंकको नयाँ मापदण्ड र परिमार्जन, अधुरा योजनमाथिको व्यवस्थित विश्लेषण, परियोजना विश्लेषणको नयाँ मापदण्ड, समपूरक र विशेष अनुदानको कार्यविधिमा संशोधनलगायत विषयमा अवगत गराएका थिए ।

उनले वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई साधनस्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्रीका आर्थिक तथा विकास मामिला सल्लाहकार डा. युवराज खतिवडा, सरकारका मुख्यसचिव एकनारायण अर्यालयलगायत व्यक्ति सहभागी थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro