site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सरकारको आम्दानीभन्दा खर्च बढी
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकानुसार, गएको फागुन मसान्तसम्ममा सरकारले सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ । आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख रुपैयाँ खर्च भएको छ । अर्थात्, दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा एक खर्ब ५३ करोड ४७ लाख रुपैयाँ खर्च बढी छ ।

यस अवधिमा सरकारको विकास खर्च पनि निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रकको तथ्यांकानुसार, फागुन मसान्तसम्ममा पुँजीगत खर्च वार्षिक विनियोजनको २३.३७ प्रतिशत मात्र छ ।

सरकारले चालु आर्थिक वर्षका निम्ति पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये हालसम्म ८२ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबर खर्च भएको देखिएको छ ।

सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँको बजेट ल्याएको थियो । फागुन मसान्तसम्म वार्षिक विनियोजनको ४५.१२ प्रतिशत अर्थात् आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाखबराबरको खर्च भएको छ ।

चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन गरिएको थियो । त्यसमध्ये ५१.२१ प्रतिशत अर्थात् पाँच खर्ब ८४ अर्ब १२ करोड ७८ लाखबराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थापन शीर्षकमा तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन गरिएको थियो । त्यसमध्ये ४७.०७ प्रतिशत अर्थात् एक खर्ब ७२ अर्ब ८९ करोड २२ लाखबराबर खर्च भएको छ ।

सरकारले चालु आर्थिक वर्षका निम्ति १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाखबराबर राजस्व उठाउने लक्ष्य राखेको छ । हालसम्म ५०.२ प्रतिशत अर्थात् सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख रुपैयाँबराबर असुली भएको छ । त्यसमध्ये कर राजस्वतर्फ १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख विनियोजन गरिएकामा ४९.७४ प्रतिशत अर्थात् ६ खर्ब ३८ अर्ब ७९ करोड ९० लाख संकलन भएको छ ।

यस्तै, गैरकर राजस्वतर्फ एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख उठाउने लक्ष्य रहेकामा हालसम्म ६०.३६ प्रतिशत अर्थात् ८१ अर्ब ५४ करोड ७७ लाख असुली भएको छ ।

सरकारको वैदेशिक अनुदान संकलन पनि निकै कमजोर छ । चालु आर्थिक वर्षका निम्ति ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको १७.५१ प्रतिशत अर्थात् नौ अर्ब १६ करोड २५ लाख रुपैयाँ अनुदान लिइएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro