site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
होलीमा उच्छृंखल गतिविधि गर्ने ५५ जना पक्राउ, अवस्था हेरेर मुद्दा चलाइने 

काठमाडौं । नेपाल प्रहरीले होली मनाउने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा आज ५५ जनालाई नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले ५२ पुरुष र ३ महिलालाई नियन्त्रणमा लिइएको जानकारी दिए । 

उनका अनुसार चेकजाँचका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुई पांग्रे २३० र चारपांग्रे २३ गरी दुई सय ५३ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । 

जसमा मादकपदार्थ सेवन गरेका ४९ र लागुपदार्थ सेवन गरेका आठवटा छन् । पक्राउ परेकाहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुंगो लाग्ने प्रहरीले जनाएको छ । 

प्रहरीले काठमाडौंबाट मात्रै २१९ सवारीसाधन नियन्त्रणमा लिएको छ । जसमा चारपांग्रे १८ तथा दुईपांग्रे २०१ छन् । 

आज साँझसम्म दुईपांग्रे ११६ तथा चारपांग्रे १३ गरी १२९ सवारीसाधन छाडिसकिएको छ ।रासस 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro