site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा ६६ सवारी साधन ट्राफिकको नियन्त्रणमा, २७ सय प्रहरी परिचालन

काठमाडौं । ट्राफिकले काठमाडौं उपत्यकामा ६६ सवारी साधन नियन्त्रणमा लिएको छ । मापसे गरी सवारी चलाउने, हेल्मेट नलगाउने, मोटरसाइकल तथा स्कुटरमा ३/४ जना चढाउने सवारी साधन ट्राफिक कारबाहीमा परेका हुन् ।

होली पर्वलक्षित विशेष चेकिङमा ४८ वटा दुईपांग्रे र १८ वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिएको ट्राफिक प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले बताए ।

“काठमाडौंका विभिन्न ठाउँबाट ४८ वटा दुईपांग्रे र १८ वटा चारपांग्रे सवारीलाई नियन्त्रणमा लिएका छौँ । मापसे चेकिङ, ओभरस्पिड, हेल्मेट नलगाउने, जथाभावी सवारी चलाउनेलगायत छन्,” राउतले भने ।

बेलुकासम्म होल्डमा रहेका सवारी साधनलाई कसुरअनुसार जरिवाना तिराइने उनले बताए । “बेलुकासम्म होल्डमा राखिएका सवारी चालकलाई कसुर अनुसारको जरिवाना तिराउछौँ । कारबाहीमा परेका चालकले सचेतना कक्षामा पनि सहभागी हुनुपर्नेछ,” राउतले भने ।

यसैबीच, काठमाडौं उपत्यकामा २७ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकामा होलीमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न २७ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

ट्राफिक प्रहरी तथा सादा पोशाक, जनपद र अनुगमन टोली गरी कुल दुई हजार ७०६ जना परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए ।

प्रहरीका अनुसार होली पर्वका अवसर बसन्तपुर दरबार स्क्वायर, दरबारमार्ग, ठमेलसहित उपत्यकाका १९ ठाउँमा होली विशेष कार्यक्रम भइरहेका छन् । सबै कार्यक्रमस्थलमा प्रहरी परिचालन गरिएको छ ।

“लागु पदार्थ सेवन गर्नेको शरीर खानतलासी गरिने र त्यस्ता पदार्थ फेला परेमा बरामद गरी कारबाही अघि बढाउछौँ । त्यस्तै होलीमा झैझगडा गर्ने, उछृंखल गतिविधि गर्ने, अनुमतिविना रङ दल्नेलाई पहिचान गरी कारबाही गर्छाैं,” एसपी बोहोराले भने । 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro