site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चट्याङसहित वर्षा हुने, हवाई सेवा प्रभावित हुने सम्भावना 
फाइल तस्बिर । 

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही भूभागमा हिमपातको पनि सम्भावना रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिक बदली रहेको छ । 

विभागले दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । “काठमाडौंमा आज वर्षाको सम्भावना छ । अपराह्नपछि काठमाडौंमा वर्षाको सम्भावना छ,” मौसमविद् गोविन्द झा बाह्रखरीसँग भन्छन्, “ठूलो वर्षा नभए पनि हल्का वर्षाको सम्भावना छ । काठमाडौंका सबै स्थानमा वर्षा नभए पनि केही ठाउँमा वर्षा हुनेछ ।” 

प्रि–मनसुनमा स्थानीय वायु सक्रिय भएर वर्षा हुने सम्भावना उच्च हुने र यसलाई सामान्य मानिने उनको भनाइ छ । अपराह्नपछि प्रि–मनसुनमा वर्षा हुनुलाई समान्य मान्नुपर्ने उनी बताउँछन् । 

“यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्छ,” विभागले भनेको छ, “त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन आग्रह छ ।”

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  ०६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro