site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
सिड्नीमा बाबा होली मेला

सिड्नी । रंगहरूको पर्वका रूपमा नेपाल तथा भारतमा मनाइने विशेष चाड होली यही आगामी मार्च १३ र १४ तारिखमा बरउड पार्क सिड्नीमा पनि विशेष रूपमा मनाइने भएको छ । 

बाबा होली मेलाका नाममा आयोजना हुन लागेको यस पर्वमा नेपाल तथा अस्ट्रेलियाका चर्चित कलाकारको सहभागिता रहने जानकारी आयोजकले दिएका छन ।  

नेपाली खाना, गीत–संगीत र नाचगान सामेल होली मेलामा बालबालिकाका लागि जम्पिङ क्यास्टलसहित विभिन्न मनोरञ्जनात्मक खेल समेत राखिएको छ । बाबा होली मेलामा प्रवेश निःशुल्क रहने बाबा एजुकेसनका निर्देशक रवीन्द्रकुमार शर्माले बताए ।  

कार्यक्रममा गायक शिव परियार, नायक आमेश भण्डारी, मानस राजका अलवा डीजे नटकेसको विशेष प्रस्तुति रहने प्रस्तुतकर्ता शर्माले जानकारी  दिए । प्रवासमा नेपाली कला र संस्कृतिको जर्गेना गर्ने उद्देश्यका साथ होली मनाउन लागिएको शर्माले बताए । 

सो होली मेलामा सहभागिता जनाई सिड्नीवासी नेपालीबीच आपसी सद्भाव कायम राख्न शर्माले समस्त नेपालीजनलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro