site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
३७ वर्षपछि पक्राउ परे कर्तव्य ज्यान मुद्दाका दुई फरार प्रतिवादी

काठमाडौं । प्रहरीले ३७ वर्षपछि कर्तव्य ज्यान मुद्दाका दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको महाशिला गाउँपालिका–५ का ६२ वर्षीय तेजबहादुर गुरुङ र ५७ वर्षीय गम्भीर गुरुङ छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले उनीहरूलाई ललितपुर र भैरहवाबाट पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार, ०४४ फागुन ७ गते तेजबहादुर र गम्भीरसहित सात जनाको समूहले चक्कु प्रहार गरेर दुई जनाको हत्या गरेको थियो । ०५८ असार १३ गते पर्वत जिल्ला अदालतले सबै प्रतिवादीलाई जनही १० वर्ष कैद सजाय सुनाएको थियो । सजाय सुनाएपछि तेजबहादुर र गम्भीर फरार थिए ।

उनीहरूलाई पक्राउ गरेर प्रहरीले पर्वत कारागार चलान गरेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro