site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पेस्तोल र लागुऔषधसहित पक्राउ गरेका जोशीविरुद्ध यसअघि पनि चलेका थिए पाँच मुद्दा

काठमाडौं । प्रहरीले पेस्तोल र लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार राति  प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौं महानगरपालिका–२० का ३३ वर्षीय सुदन जोशीलाई पक्राउ गरेको हो ।

वृत्तका प्रहरी प्रमुख डीएसपी उद्धव सिंह भाट नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा जोशीलाई पक्राउ गरेको हो । जोशीमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको अनुमति पाएको छ ।

जोशीको साथबाट प्रहरीले एक थान पेस्तोल, दुई थान म्याग्जिन, १० राउन्ड गोली, २५० ग्राम लागुऔषध पोल्यान्ड बरामद गरेको छ ।

यसरी नै डिजिटल तराजु, विभिन्न कम्पनीका सात थान मोबाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट जोशी यसअघिसमेत विभिन्न अपराधका घटनामा संलग्न भएको खुलेको छ । जोशीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले २०६१ भदौ र २०६८ साउनमा समेत अभद्र व्यवहार कसुरमा पक्राउ गरेर मुद्दा चलाएको थियो ।

यसरी नै प्रहरी वृत्त कालिमाटीको टोलीले २०६७ र ०६८ मा समेत पक्राउ गरेको खुलेको छ । त्यसअघि, ०७४ चैतमा समेत उनी लागुऔषध मुद्दामा पक्राउ परेका थिए ।

यसपटक भने जोशी लागुऔषध र पेस्तोलसहित नै पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२० मा घर भए पनि उनी पछिल्लो समय गोकर्णेश्वर नगरपालिका–२ मा कोठा भाडामा लिएर बस्ने गरेका थिए ।

प्रहरीको अनुसन्धान क्रममा पछिल्लो समय विभिन्न व्यक्ति प्रयोग गरेर उनी लागुऔषध कारोबार गर्ने गरेको खुलेको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro