site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेको इन्सुरेन्सको हकप्रद सेयर बिक्री भएन, आवेदन म्याद १५ दिन थप

काठमाडौं । नेको इन्सुरेन्सले निष्कासन गरेको हकप्रद सेयर बिक्री नभएपछि आवेदनका लागि थप १५ दिन अवधि थप गरिएको छ । लगानीकर्ताले पूर्णरूपमा हकप्रद सेयर खरिद नगरेपछि कम्पनीले चैत १४ गतेसम्म आवेदन दिने समय थप गरेको हो । बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ ।

आजसम्म निष्कासन गरिएको हकप्रद सेयरमध्ये करिब ६० प्रतिशत बिक्री भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले ५० लाख ३० हजार ९०१ कित्ता सेयर सेयरधनीका लागि फागुन ८ गतेदेखि आजसम्म निष्कासन गरेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्य भएका चार कित्ता बराबर एक कित्तामा आवेदन दिन सकिने गरी हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीले माघ १८ गते हकप्रद सेयर प्रयोजनका लागि 'बुक क्लोज' गरेको थियो । माघ १७ गतेसम्म यस कम्पनीको सेयर खरिद गरी कायम सेयरधनीले निष्कासित हकप्रद सेयरमा आवेदन दिन सक्छन् ।

नेको इन्सुरेन्सका सेयरधनीले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन् । 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro