site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मधेसका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको सुरक्षामा खटिएका नेपाल प्रहरीका सहायक निरीक्षक (असई) वीरेन्द्र यादवको मृत्यु भएको छ । 

सिरहा नगरपालिका–२ सुखचैना स्थायी घर भएका ४५ वर्षीय यादवको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको मधेस प्रदेशका वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । 

उनका अनुसार  सहायक निरीक्षक यादवको आइतबार पेट तथा छाती दुख्न थालेपछि जनकपुरधामस्थित गोदावरी अस्पतालमा उपचारका लागि पठाइएको थियो । त्यसपछि विराटनगरको नोवेल अस्पतालमा उपचारका लागि लगिएका उनको उपचारको क्रममा मृत्यु भएको हो । 

यादवको दरबन्दी नेपाल प्रहरीको मधे प्रदेश प्रहरी गणमा रहेको बताइएको छ । रासस

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro