site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विकास बैंक समूहबाहेक सबै राताम्य, आठ अर्ब ३९ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३२.२१ अंकले घटेर बन्द भएको छ । आज नेप्से १.१७ प्रतिशतले घटेर २,७१९.२० विन्दुमा बन्द भएको हो ।

आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये विकास बैंक समूहको परिसूचक १.९३ प्रतिशतले वृद्धि भएको छ । अन्य समूहको परिसूचक राताम्य भएको छ । सर्वाधिक परिसूचक घट्नेमा उत्पादन तथा प्रशोधन समूह छ । यस समूहको परिसूचक २.४९ प्रतिशतले घटेको छ ।

आज आठ अर्ब ३९ करोड ११ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आज ३२ कम्पनीको सेयरमूल्य बढेको छ भने २०९ कम्पनीको सेयरमूल्य घटेको छ । नबिल बैंक, सम्पदा लघुवित्त वित्तीय संस्था र युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य स्थिर छ ।

आज महालक्ष्मी विकास बैंकको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८.८० प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro