site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नाडा अटो शोका निम्ति स्टल बुकिङ खुला

काठमाडौं । नाडा अटो शो २०२५ को रजिस्ट्रेसन मंगलबार (फागुन २७) गतेदेखि खुला गरिएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आउँदो भदौ ३ देखि ८ गतेसम्म १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्दै छ ।

काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा उक्त शो आयोजना गरिनेछ । त्यसमा सहभागी हुन आउँदो चैत ४ गतेसम्म स्टल बुकिङका निम्ति रजिस्ट्रेसन खुला गरिएकोे हो । विगतमा जस्तो यो वर्ष पनि गोलाप्रथाद्वारास्टल उपलब्ध गराइने नाडाले जनाएको छ ।

प्रदर्शनीमा दुईपांग्रे, तीनपांग्रे, चारपांग्रे, लाइट कमर्सियल, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणलगायत वित्तिय संस्था र इन्स्योरेन्सलाई समूहअनुसार छुट्ट्याइनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro