site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हनुमन्ते खोलामा फेला परेको शव पहिचान
प्रतीकात्मक तस्बिर ।

भक्तपुर । भक्तपुर नगरपालिका–१, सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार (फागुन २४) फेला परेको शव पहिचान भएको छ । शनिबार दिउँसो ३ः४५ बजे हनुमन्ते खोलामा एक युवकको शव फेला परेको थियो ।

उक्त शव रामेछापको गोकुलगंगा गाउँपालिका–५, कानीटार घर भई भक्तपुरको जगातीमा बस्दै आएका २१ वर्षीय रञ्जित विकको भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डीएसपी ढुण्डिराज नेउपानेले बताए ।

रञ्जितकी दिदी पूजा प्रहरी सम्पर्कमा आई शवको पहिचान गरेको उनले जानकारी दिए । सोमबार (फागुन २६) दिउँसो पूजाकी भाउजू शर्मिला गजमेरले शव बुझी लगेको उनले बताए ।

नग्न अवस्थामा शव फेला परेको थियो । स्थानीयले खबर गरेपछि तत्काल घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान थालेको थियो । मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान जारी रहेको डीएसपी नेउपानेले बताए । रासस

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro