site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लगातार ६ दिनदेखि ओरालो गतिमा नेप्से, सोमबार ‘अन्य’ समूहबाहेक राताम्य

काठमाडौं । गएको साताको सोमबारदेखि नै सेयर बजार मापक नेप्से परिसूचक ओरालो लागेको छ । ६ कारोबार दिनमा नेप्से परिसूचक १३८ अंकले ओरालो लागेको हो ।

सोमबार (फागुन २६) नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ४६.३३ अंकले घटेको थियो ।

गएको साताको सोमबार नेप्से १३.६२, मंगलबार ३०.३६, बुधबार २५.१६ र बिहीबार २.७ अंकले घटेको थियो । आज नेप्से २०.६८ अंकले घटेको छ ।

यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये ‘अन्य’ ०.०८ प्रतिशतले वृद्धि भएको छ । अरू समूहगत परिसूचक घटेको छ ।

आठ अर्ब ३७ करोड ८० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । ४४ कम्पनीको सेयर मूल्य बढेको छ । १९१ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro