site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्यायालयमा महिलाको उपस्थिति पर्याप्त छैन : मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिलाको उपस्थिति केही बढेको भए पनि पर्याप्त नरहेको बताएकी छन् । सोमबार (फागुन २६) ललितपुरमा आयोजित ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ मा उनले यस्तो बताएकी हुन् ।

निर्णायक तहमा महिलाको उपस्थिति अझै कमजोर रहेको उनले उल्लेख गरिन् । उनले महिलाले आफूलाई स्थापित पनि गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

“...पुरुषको क्षमताको प्रश्न उठ्दैन, तर महिलाको सक्षमताको प्रत्येक दिन, प्रत्येक क्षण प्रश्न उठ्छ,” उनले भनिन्, “हामीले आफूलाई स्थापित पनि गर्नुपरेको छ ।”

न्यायाधीश मल्लले स्वच्छ र समानतामूलक न्याय आजको आवश्यकता भएको बताइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ११:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro