site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बाजुरामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बूढीगंगा नगरपालिका–४, खोडालबाडाका अन्दाजी ३३ वर्षीय ट्रयाक्टर चालक पदमबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगंगा नगरपालिकातर्फ आउँदै गरेको भे२त १५८८ नम्बरको ट्रयाक्टर गए राति ओरालो सडकमा दुर्घटना भएको बझाङका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिए ।

उनका अनुसार, ट्रयाक्टरमा सवार अरू चारजनामध्ये चालक रावतका छोरा सञ्जयलाई सामान्य चोट लागेको छ । स्थानीय स्वास्थ्यचौकीमा घाइते बालकको उपचार भइरहेको निमित्त प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

अरू तीनजना सकुशल छन् । ट्रयाक्टरको अगाडिको भाग करिब २५० मिटर तल सडकमा खसेको छ । पछाडिको भाग ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro