site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मौसमविद्लाई प्रश्न– पानी पर्लाजस्तो हुने तर नपर्ने किन र कहिलेसम्म ? 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागका वर्षा र हिमपात हुने भएको छ । विशेषगरी पहाडी भूभागका केही स्थानमा वर्षा र उच्च पहाडी भूभागमा हिमपातको सम्भावना रहेको छ । 

काठमाडौंमा आज पनि दिनभर बदली रहने मौसमविद् गोविन्द झाले बताएका छन् । 

“बिहान हुस्सु र कुहिरो लागेको छ । यो केही समयपछि खुलेर पुनः बदली हुनेछ,” उनले भने, “काठमाडौं र पहाडी भूभागमा दिनभर बदली भइरहनेछ । आज पनि हिजोको जस्तै नै हुनेछ ।”

काठमाडौंका केही स्थानमा छिटपुट वर्षा हुनेछ । खण्डित रूपमा वर्षा हुने उनको भनाइ छ । “जमीन भिज्नेगरी वर्षा हुने सम्भावना छैन,” मौसमविद् झाले बाह्रखरीसँग भने । 

अझै कम्तीमा तीन दिन यस्तै मौसम रहने उनले प्रष्ट पारे । पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहे पनि यो प्रणाली शक्तिशाली नहुँदा बदली भए पनि वर्षा नभएको उनले बताए । 

कमजोर प्रणालीका कारण एकदुई स्थानमा मात्रै सामान्य र छिटपुट वर्षा भएको मौसमविद् झाको भनाइ छ । 

जल तथा मौसम विज्ञान विभागको कृषि बुलेटिनअनुसार बिहीबारसम्म अझै ठूलो वर्षा हुने सम्भावना छैन । यो अवधिमा गर्मी भने बढ्दै जानेछ । 

बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro