site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वराजालाई स्वागत गर्न साढे १४ हजार मानिस सडकमा उत्रिएको अनुमान

काठमाडौं । प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा साढे १४ हजार समर्थक सडकमा उत्रिएको आकलन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहोराले आफूहरूले साढे १४ हजार समर्थक सडकमा उत्रिएको आकलन गरेको बताए ।

“अहिलेसम्म पूर्वराजाको स्वागतमा साढे १४ हजार समर्थक सडकमा आएको अनुमान गरेका छौँ । अहिले म आफैँ फिल्डमै छु । पूर्वराजा निर्मलनिवास पुग्नुभएको छैन ।”

ट्राफिक प्रहरीका अनुसार, आइतबार बिहान ११ बजेदेखि अहिलेसम्म सडकको अवस्था अस्तव्यस्त छ ।

पूर्वतयारी गरेरै राजावादीहरू स्वागतका लागि आइतबार त्रिभुवन विमानस्थल बाहिर पुगेका थिए । अपराह्न ४ बजे काठमाडौं पुगेका पूर्वराजालाई नारा जुलुससहित निर्मलनिवास लगिँदै छ । 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro