site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्सेको सीईओमा १० जनाको आवेदन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि १० जनाको आवेदन परेको छ । आइतबार साँझ ५ बजेसम्म १० जनाको आवेदन परेको नेप्सेको सीईओ नियुक्तिका निम्ति गठित सिफारिस समितिले जनाएको छ ।

आवेदन दिनेमा इलामका पूर्णप्रसाद आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल, सर्लाहीको नारदकुमार लुइटेल, झापाका युवराज दाहाल, काभ्रेका प्रविण अधिकारी, झापाका चुडामणि चापागाईं, सिराहाका विमलकुमार तिवारी, पाल्पाका कृष्णबहादुर कार्की, पाल्पाकै हेमन्त बस्याल र डडेलधुराका मुकन्दराज जोशी छन् ।

सिफारिस समितिमा अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव सेवन्तक पोखरेल संयोजक छन् । सदस्यमा सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल छन् ।

पहिलोपटक फागुन १२ गतेदेखि १८ गतेसम्म तोकिएको आवेदन दिने मिति फागुन २५ सम्म थपिएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro