site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राजावादीको प्रदर्शनले चाबहिलदेखि तीनकुनेसम्म सवारी ‘डाइभर्सन’ 

काठमाडौं । राजावादीको प्रदर्शनका कारण आइतबार (फागुन २५) ट्राफिक प्रहरीले विभिन्न सडकबाट सवारीसाधन ‘डाइभर्सन’ गरेको छ ।

चाबहिल, मित्रपार्क, गौशाला, सिनामंगल, तीनकुनेलगायत सडकबाट सवारी डाइर्भसन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जय राउतले जानकारी दिए ।

एक ठाउँमा आवागमनमा समस्या हुनेबित्तिकै सिंगो चक्रपथमा गुड्ने सवारीसाधनलाई असहज स्थिति भएको एसपी राउतले बताए । “चाबहिलदेखि मित्रपार्क, गौशला, सिनामंगल हुँदै तीनकुनेतर्फ जाने सवारीसाधन डाइभर्सन भइरहेको छ । सो क्षेत्रबाट गुड्ने सवारीचालकलाई वैकल्पिक मार्गबाट पठाइएको छ,” उनले बाह्रखरीसित भने ।

उनले राजावादी सडकमा उत्रँदा आमसर्वसाधारण समयमै गन्तव्यमा पुग्न नसकेको बताए । “सर्वसाधारण नागरिकहरू समयमा गन्तव्यमा पुग्न सकिरहेका छैनन । ट्राफिकले सहजीकरण गर्ने प्रयास गरिरहेको छ,” उनले भने ।

पूर्वराजा ज्ञानेन्द्र शाह कस्कीको पोखराबाट काठमाडौं आउन लागेपछि राजावादी उनको स्वागतका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भेला भएका छन् । विमानस्थल परिसरमा मोटरसाइकललाई समेत प्रवेश निषेध गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।

पूर्वराजालाई विमानस्थलबाटै र्‍यालीसहित निर्मलनिवाससम्म पुर्‍याउने राजावादीको तयारी छ । पूर्वराजा केही बेरमा काठमाडौं फर्कंदै छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro