site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राजावादीको प्रदर्शनले काठमाडौंको सवारी आवागमन अस्तव्यस्त
फाइल तस्बिर ।

काठमाडौं । राजावादीको प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्न थालेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विभिन्न ठाउँबाट निस्किरहेका जुलुसले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रवक्ता एसपी सञ्जयबहादुर राउतले जानकारी दिए ।

उनका अनुसार, अहिले त्रिभुवन विमानस्थल आसपासका सडकमा अत्यधिक जाम छ । “विमानस्थल प्रवेशद्वार गोल्डेन गेटबाटै सडक एकतर्फी गरिएको छ । सिनामंगल, गौशाला, कोटेश्वर, तीनकुनेलगायत सडकबाट राजावादीहरूको चलहपहल सुरु भएकाले सडक व्यस्त देखिन थालेको छ,” एसपी राउतले भने ।

ट्राफिक प्रहरीले आवश्यकता अनुसार सवारी डाइभर्सन गर्ने भएकाले वैकल्पिक मार्गको प्रयोग गरे छिटो गन्तव्यमा पुग्न सकिने ट्राफिक प्रहरीले जनाएको छ ।

पूर्वराजाको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालसहित विभिन्न संघसस्थाहरूले काठमाडौंका विभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro