site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँट

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट गरिएको छ । शुक्रबार (फागुन २३) बिहान कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले सर्वसाधारणका निम्ति प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । १८ लाख १७ हजार १४८ जनाले दुई करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयरका निम्ति आवेदन दिएका थिए । तीमध्ये १० हजार ३८६ आवेदन रद्द भएको थियो ।

१८ लाख ६ हजार ७६२ आवेदन मात्र स्वीकृत भएको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडले जानकारी गराएको छ ।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको सेयर बाँडफाँट गरिएको छ । एक लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले यो सेयर प्राप्त गरेका छन् ।

कम्पनीले न्यूनतम १० देखि अधिकतम १० हजार कित्ताका निम्ति आवेदन माग गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट एनआईएमबि एस क्यापिटल र मेरोसेयरबाट नतिजा हेर्न सक्नेछन् । यस्तै, सीडीएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ११:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro