site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सडकपेटीमा बसिरहेका बेला गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

गाईघाट । उदयपुर सदरमुकाम गाईघाटस्थित डीएम गेटनजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ ।

सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा बस्दै आएका १४ वर्षीया अनुकुमारी र १२ वर्षीया देवीकुमारी दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए ।

बिहीबार (फागुन २२) साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नं १ ०५–००१ च ०९२ नम्बरको जीपले डीएम गेटनजिक  सडकपेटीमा बसिरहेका उनीहरू दुईजनालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमा नै मृत्यु भएको थियो । अर्की घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपचालक त्रियुगा नगरपालिका–९, गैरुन का १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त जीप गाईघाट हिमशिखर फर्निचर उद्योगको रहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १०:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro