site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हुवावेको साइट पावर आर्किटेक्चर र एआई डाटा सेन्टर गाइडलाइन सार्वजनिक

काठमाडौं । हुवावेले अर्को पुस्ताको साइट पावर फेसिलिटी आर्किटेक्चर ‘सिंगल साइटपावर’ र एआई डाटा सेन्टर निर्माण गाइडलाइन (आरएएसटीएम) सार्वजनिक गरेको छ ।

हुवावेको डाटा सेन्टर सुविधा एवं क्रिटिकल पावर उत्पादन युनिटका अध्यक्ष हे बोलेले एमडब्लूसी बार्सिलोना २०२५ मा गाइडलाइन सार्वजनिक गरेका हुन् ।

यो गाइडलाइनले अपरेटरहरूलाई ऊर्जा व्यावसाय फस्टाउन र एआईको नयाँ युगमा उन्नत आईसीटी सुविधा निर्माण गर्न मद्दत गर्ने कम्पनीको भनाइ छ ।

एआईको विकास बढेसँगै डाटा सेन्टरमा उर्जाको खपत बढेको छ ।

सिंगल साइटपावर नेक्स्ट जेनेरेसनको बुद्धिमान समाधान आर्किटेक्चर हो । यसले पावर स्रोत, ग्रिड र लोडदेखि भण्डारणसम्म (इन्ड–टू–इन्ड)  प्रक्रियामा पावर र सूचना प्रवाह व्यवस्थापन गर्छ ।

यसले साइट पावर सुविधा, वायरलेस नेटवर्क र पावर ग्रिडलाई समेट्न अद्वितीय तीन–स्तरीय सिनर्जी संयन्त्र अपनाउँने कम्पनीले जनाएको छ ।

यो आर्किटेक्चरले फुल–लिंक सेन्सिङ, भिज्युलाइजेसन र व्यवस्थापनलाई सहयोग गर्छ । यसबाहेक नेटवर्क कार्बन तीव्रता ऊर्जा (एनसीआईई) घटाउँदै साइट ऊर्जा दक्षता (एसई) र पावर उपलब्धता (पीएभी)मा सुधार गर्ने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro