site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एयरपड र एयरफोनको प्रयोगले यसरी बढाइरहेको छ श्रवणशक्ति गुम्ने जोखिम

काठमाडौं । विश्वभर ४६ करोड व्यक्तिमा श्रवणशक्तिसम्बन्धी कुनै न कुनै समस्या भएको पाइन्छ । नेपालका करिब ६० लाख जनसंख्यामा यो समस्या रहेको सोसाइटी नाक, कान घाँटी रोग विशेषज्ञहरूको अफ अटोल्यारिंगोलोजिष्ट (सेल नेपाल) ले जनाएको छ ।

सोसाइटीका सचिव डा. ऋषि भट्ट भन्छन् “नेपालमा बहिरोपना अपांगताको एक मुख्य कारण त छँदैछ, त्यसमाथि पछिल्लोसमय ध्वनिको स्रोतको रूपमा प्रयोग भइरहेका विभिन्न प्रविधिले यसको जोखिम बढाएको छ ।”

कुनै पनि ध्वनि जति नजिकबाट सुन्यो त्यति नै श्रवणशक्ति गुम्ने उनको भनाइ छ । एयरपड, एयरफोन जस्ता डिभाइस कानभित्रै राखेर सुन्दा त्यसले कानको जाली प्वाल पर्नसक्ने उनी बताउँछन् । उनका अनुसार, बालबालिकामा यसको जोखिम झनै बढी छ ।

बालबालिकामा हाल भइरहेको श्रवणशक्तिसम्बन्धी समस्यामध्ये ६० प्रतिशत जोगाउन सकिने भए पनि प्रविधिको प्रयोगले जोखिम भने बढाएको छ । यस्तै, आठ घण्टाभन्दा बढी सडकमा खटिने ट्राफिक प्रहरीमा पनि श्रवणशक्ति गुम्ने सम्भावना अधिक हुन्छ ।

सन् २०५० सम्म २५० करोड व्यक्तिमा बहिरोपनसम्बन्धी कुनै न कुनै समस्या हुनसक्ने विश्व स्वास्थ्य संगठनको प्रक्षेपण छ ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro