site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाले हमाससँग गरिरहेको छ गोप्य बैठक, इजरायल के भन्छ ?

काठमाडौं । हमासका एक वरिष्ठ अधिकारीले अमेरिकी अधिकारीहरूसँग दुईवटा बैठक भइसकेको बताएका छन् । यस विषयमा ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले बन्धकहरूको रिहाइबारे राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत एडम बोहेलरसँग वार्ता गर्ने अधिकार रहेको बताइन् ।

इजरायलबाट अहिलेसम्म एकमात्र आधिकारिक प्रतिक्रिया प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयबाट आएको छ । इजरायलले हमाससँग प्रत्यक्ष वार्ता गर्ने सम्बन्धमा अमेरिकालाई आफ्नो अडान अवगत गराएको जनाएको छ ।

वार्ताबारे इजरायली अधिकारीहरूलाई कति जानकारी दिइएको छ भन्नेबारे स्पष्ट छैन ।

तीस वर्षदेखिको प्रतिबन्धलाई ध्यानमा राख्दै अमेरिकाले गरेका वार्ताहरू अत्यन्तै असामान्य तर अभूतपूर्व नभएको बीबीसीले जनाएको छ । गत वर्ष अप्रिलमा बाइडेन प्रशासनका एक सदस्यसँग अमेरिकी बन्धकबारे छलफल गर्न बैठक भएको पनि बीबीसीले उल्लेख गरेको छ । 

इजरायली बन्धकहरूको रिहाइको विषयमा ट्रम्पले हमासलाई ‘अन्तिम चेतावनी’ दिएका छन् । “म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु । यदि उनीहरूले मेरो कुरा सुनेनन् भने हमासका एकजना पनि सदस्य सुरक्षित हुने छैनन्,” अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक प्लेटफर्म ट्रुथ सोसियलमा एक पोस्टमा लेखेका छन् ।

बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro