site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिण कोरियाली लडाकु विमानले गल्तीले आठ बम खसाल्यो, सातजना घाइते

काठमाडौं । दक्षिण कोरियाली वायुसेनाको एक लडाकु विमानले सैन्य अभ्यासका क्रममा गल्तीले सर्वसाधारणमाथि आठवटा बम खसालेको छ ।

यस घटनामा सातजना घाइते भएका छन्, जसमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । यो घटना स्थानीय समयअनुसार बिहीबार बिहान १० : ०४ बजे उत्तर कोरियाली सीमा नजिकै रहेको पोचियोन सहरमा भएको थियो । दक्षिण कोरियाली वायुसेनाको केएफ–१६ विमानले ती बम खसालेको थियो ।

दुर्घटनावश खसेका आठवटा बममध्ये एउटा मात्र बम विस्फोट भएको बताइएको छ । 

पोचियोनका अधिकारीहरूले बताएअनुसार बम डिस्पोजल टोलीले अन्य सात बमलाई सुरक्षित रूपमा निष्क्रिय पार्न काम गरिरहेको छ । आसपासका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । बीबीसी

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro